Tekst dodał/a:
Autor tekstu
Tłumaczenie:
Autor tłumaczenia
Interpretacja:
Autor interpretacji Autor interpretacji

Tekst piosenki

Verse 1:
बेग्लै सपना मनमा संगाली छुट्टै रहर
एक्लै आएँ म आज नौलो बिरानो सहर
त्यागी जन्मभूमी, नातागोता, साथीभाई, घर
परिवारको यादले सताउँछ प्रत्येक प्रहर!
म जन्में, हुर्कें, ठुलो भएँ जुन ठाउँमा
पाखा-पखेरा डुल्दै खेल्थें मा त्यो गाउँमा
माटो छ त्यहि भूमिको अझै मेरो पाउमा
केहि गर्ने छु जीवनमा मातृभूमिको नाउँमा!!
यस ठाउँमा आएँ भविष्य चम्काउने दाउमा
लेखी पढी ठुलो भइ धन सम्पति कमाउन
यो चर्को भाउमा आफ्नो जिन्दगी थमाउन
घरपरिवार सघाउन, त्यो खर्च चलाउन
एक सरो लगाउन, एक गास चपाउन
मनको चर्केको घाउमा मलम पट्टि लगाउन
तर cash छैन खल्तीमा, फुट्या कौडी नि आउन्न
अब मात्र बाँकी छ हिंड्दै एक्लै बर्बराउन!!

Chorus X2:
Now I regret why did I leave my hometown?
All the past memories are bringing me down
How much I feel alone inside there’s no bound
Is there f**kin’ anybody hearing my sound?

Verse 2:
मेरो सपना छ पढ्न, र ठूलो मान्छे बन्न
मेरो बाँझो दिमाग खन्न र त्यहाँ ज्ञानको बिउ छर्न
यो Black & White जीवनमा रंगीन बुट्टा भर्न
केहि महान कार्य गर्न जीवनमा अघि सर्न
तर बाँकी नै छ अझ त्यो महा-जंघार तर्न
मेरो पथ छेक्ने बिघ्न बाधा हरु संग लड्न!
मेरा उच्च बिचार-धारा लाइ दिने छैन सड्न!
रुक्ने छैन अघि बढ्न, र सक्दिन तल झर्न!!
यस्ता आत्मविश्वासका भाबहरु उर्लिदिन्छन कहिले
आशाबादी सोच लिई म बाँच्न थाल्छु जहिले
एक मन ब्यूँझी कुर्लन्छ कति एक्लो छस् तँ अहिले??
त्यही प्रश्नले मन उडाउँछ लौ के गरूँ खै मैले??
अनि सुरु हुन थाल्छन् मेरा नित्य सोच हरु!
ओस्सिई सेलाऊंछन् मेरा भित्री जोश्हरू
भक्कानो छुट्छ मनमा, जिरिङ्ग हुन्छ तनमा
हराएछु जस्तो लाग्छ एक निर्जन सुनसान बनमा!!

Chorus X2:
Now I regret why did I leave my hometown?
All the past memories are bringing me down
How much I feel alone inside there’s no bound
Is there fucking anybody hearing my sound?

Verse 3:
सपनाको सहर थ्यो यो concrete को जंगल
आज परी आएँ दङ्ग, सबै होला भनि मंगल!
तर कस्तो यो दुर्दसा! यहाँ सबको याद आइराछ
कति सारो यो मेरो मनमा बढ्दै गा’को त्राश!
खुट्टा टेक्ने ठाउ छैन, कोलाहल भिडभाड मा!
रुमलिंदै छु म बाँची भाग्यको आडमा
बसिसक्नु छैन, जता ततै धुँवा धुलो
लाग्छ मानिसको हैन, यो राक्षसको हूल हो!
पशु भन्दा नी गए-गुज्रेका मानव
सभ्यता छैन लाग्छ सब हून यी दानव
कसले कसलाई मार्यो आज? कहिले कहाँ लूटने हो?
सबै अन्जान छन् यहाँ कसले कसलाई कुट्ने हो!
महंगी आकाशियो, तस्करी यहाँ रोक्ने को??
राज छ यहाँ केवल ठुला महलमा बस्नेको!
आउँछ, कराउछ, साहु, घरभेटी किच किच!
भुक्का यो खल्ती, संधै बनाउँछ अत्ति ठीस!!

Chorus X2:
Now I regret why did I leave my hometown?
All the past memories are bringing me down
How much I feel alone inside there’s no bound
Is there fucking anybody hearing my sound?

Komentarze (0)